८ असार, ओखलढुंगाओखलढुंगामा जन्ती बोकेर फर्किदै गरेको जिप दुर्घटनामा परेको छ ।

 

okhaldhunga

च्यानमबाट बेहुली लिएर वाक्सा फर्किदै गर्दा बा १ च ५६६८ नम्बरको जिप खोदम्पा भिरबाट मोलुङखोलामा खसेको हो ।

 

लगातारको पानीले बाटो चिप्लो भएसँगै तिव्रगतीमा रहेको जिप नियन्त्रण बाहिर गएर दुर्घटना भएको ओखललढुंगा प्रहरी प्रवक्ता भगिरथ रेग्मीले जानकारी दिनुभयो । 

 

रेग्मीका अनुसार बेहुली अन्माएर ल्याएको केहि समयमै सिद्धिचरण नगरपालीका ७ को खोदम्पा भिरबाट जिप ५ सय मिटर तल खोलामा खसेको छ ।

 

दुर्घटनामा बेहुला बेहुली चालक सहित १२ जना घाईते भएका छन् ।