१० असार, काठमाडौं ।

सर्वोच्च अदालतले खेलकुद परिषदका सदस्य सचिव युवराज लामालाई बर्खास्त गर्ने खेलकुद मन्त्री पुरुषोत्तम पौडेलको निर्णयविरुद्ध परेको रिटमा अर्कोे सुनुवाइ गरेको छ । अदालतको पछिल्लो निर्ढाय अनुसार मुद्धाको किनारा नलागेसम्म खेलकुद मन्त्रीले जारी गरेको निर्देशन कार्यान्वयन नहुने भएको छ ।

nsc

प्रधानन्याधीश दामोदरप्रसाद शर्मा र ओमप्रकास मिश्रको संयुक्त इजलासले मुद्धाको किनारा नलागे सम्म यथास्थितिमा राख्न आदेश दिएको हो । लामा अब अन्तिम फैसला नभएसम्म सदस्य सचिव रहने भएका छन् ।