सर्वसम्मत अध्यक्ष म नै हुन् सम्भावना अझै पनि कायमै छ

२४ असार, काठमाडौं ।

नेकपा एमालेको जारी ९ औं महाधिवेशनमा अध्यक्षका प्रत्यासी केपी शर्मा ओलीले अध्यक्ष झलनाथ खनालले माधव नेपाललाई साथ दिएको भन्ने कुरा आफूलाई विश्वास नलागेको बताएका छन् ।

kp oli press meet

अध्यक्ष खनालले आफूलाई स्वास्थ्यले साथ दिन्छ भने सघाउँछु भन्ने आश्वासन दिएको दावी गर्दै नेता ओलीले नेपालसँग गुटबन्दी गरेको कुरामा आफूलाई कुनै विश्वास नलागेको बताए ।

बन्दशत्र स्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता ओलीले पार्टीमा योगदान र हरेक कुराको आधारमा अहिले पनि आफू नै पार्टिमा सर्वसम्मत अध्यक्ष बन्ने सम्भावना कायम रहेको दावी गरे ।

यस अघि अध्यक्ष खनालले नेपाललाई सघाउने सहमति गरिसकेको चर्चा सञ्चार माध्यममा आएको थियो । खनाल पक्षका नेताहरु यस अघी नै नेपालको पक्षमा खुलिसकेको भएपनि खनाल आफू भने केही बोलेका छैनन् । 

त्यसैगरी जम्बो पदाधिकारी संख्याको विषयमा पनि नेपाल र ओलीबीच मतभेद देखिएको छ । चीन जस्तो देशमा केवल ६ जनाको स्थायी समिति रहेको स्मरण गराउँदै नेता ओलीले हाम्रो देशमा डोकोमा हालेर नअटाउने पदाधिकारी बनाउन नहुने बताए ।

नेपाल पक्षले भोटीङ मेसिन प्रयोग गर्न नमान्दा महाधिवेशन लम्बिएको बताउँदै उनले असन्तुष्टी समेत ब्यक्त गरेका छन् ।

अहिले बन्दशत्रमा टोली नेताले धारणा राख्ने क्रम जारी छ । अहिले सम्म १९ मध्ये १७ ले धारणा राखिसकेको र २ समूह राख्न बाँकि रहेको एमालेले जनाएको छ ।