२७ असार, काठमाडौं :  घुस लिँदा लिदै पक्राउ परेका जिल्ला सरकारी वकिलको कार्यालय काठमाण्डुका सहहायक न्यायाधिवक्ता रामबहादुर थापा र नावय सुब्बा केदारस्रसाद अर्याल विरुद्ध अख्तियारले अदालतमा मुद्दा दायर गरेको छ ।

 

चोरी मुद्दा मिलाईदिने सर्तमा घुस लिँदा पक्राउ परेको थापा र अर्याल विरुद्ध आज अख्तियार दुरुपयोग अनुसन्धान विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

 

उनीहरुलाई हदैसम्मको कारवाहीको माग गर्दै मुद्दा दायर गरेको अख्तियारले निकालेको विज्ञप्तीमा उल्लेख छ ।