प्रकाश लामिछाने, काठमाडौं ।

काठमाडौंस्थित अमेरिकन राजदूतावासले अमेरिका पैवेशात्रा भिषामा कडाई गर्न थालेको छ । विभिन्न बाहानामा अमेरिका पुगेका कलाकार, खेलाडीलगायत थुप्रै नेपालीहरु उतै लुकेर बस्न थालेपछि दूतावासले नेपालीहरुको लागि भिषामा कडाई गर्न थालेको हो ।

 

दूतावासले नायिका सुमिना घिमिरेलाई भिषा दिएन

Sumina USA

अमेरिकन दूतावासले नायिका सुमिना घिमिरेलाई प्रवेशाज्ञा भिषाको दिन अश्वीकार गरेको छ । अमेरिकामा नेपालीहरुले आयोजना गरेको कार्यक्रममा सहभागी हुनको लागि भिषा आवेदन दिएकी घिमिरेलाई दूतावासले भिषा दिन अस्वीकार गरेको हो ।

कार्यक्रममा सहभागी हुने नाममा कलाकारहरु अमेरिकामै लुकेर बस्ने गरेको भन्दै दूतावासले घिमिरेलाई पनि भिषा दिन अस्वीकार गरेको हो । कार्यक्रमको लागि भन्दै अमेरिका पुगेर लुक्ने केही कलाकारको प्रवृतिले अमेरिकन दूतावासले नेपालका थुप्रै कलाकारहरुलाई भिषा दिन अश्वीकार गर्दै आएको छ । पछिल्लो पटक कलाकारहरु प्रति निकै कठोर बनेको दूतावासले चलचित्र कलाकार संघको पहलमा सुमिनाले भिषाको लागि दिएको आवेदन अस्वीकार गरेको हो ।

 

नेपालीहरु आयोजना गरेको कार्यक्रममा सहभागी हुन अमेरिका पुगेका नेपालीहरु नर्फकिएपछि अमेरिकन दूतावास कठोर बन्न थालेको हो । यसरी उतै लुकेका नेपालीहरुको खराव प्रवृतिका कारण विशेष कामको लागि अमेरिका जाने तयारीमा रहेका नेपाली कलाकार तथा अन्य नागरिकहरु चिन्तामा परेका छन् ।

 

अमेरिका पुगेपछि उतै बेपत्ता

विश्वको शक्तिराष्ट्र अमेरिका पुग्ने लक्ष्य जुनकुनै देशमा रहेका मानिसले पनि राख्नु सामान्य हो । विश्वभरीका प्रतिष्ठित व्यावसायी, कलाकारलगायत विभिन्न पेशामा लागेका मानिसहरु विभिन्न कामको सिलसिलामा अमेरिका पुगेका छन् ।

अमेरिका पुगेपछि स्वदेश फर्कनेको संख्या न्यून रहेको छ । त्यसमाथि पनि अमेरिका पुगेका नेपालीहरु मध्ये सिमत नेपालीमात्र नेपाल फर्केका छन् । विभिन्न भिषामा अमेरिका पुगेका नेपालीहरु भिषा अवधि सक्किएपछि अवैधानीक रुपमा अमेरिका बसेर सरणार्थी तथा अन्य विभिन्न प्रकृयाबाट आवेदन पेश गरेर ग्रीन कार्ड लिएर उतै बस्दै आएका छन् भने कतिपए अवैधानीक रुपमनै अमेरिका बस्दै आएका छन् ।

 

विभिन्न तथ्यांक अनुसार हाल अमेरिकामा ५० हजार भन्दा बढी नेपालीहरु बस्दै आएका छन् । त्यस मध्ये धेरै नेपालीहरु डिभी चिट्ठा परेर गएका हुन् भने विभिन्न भिषामा र अवैधानीक रुपमा अमेरिका प्रवेश गर्दै आएका नेपालीहरुको संख्या पनि ठूलै छ ।

 

भिषामा कडाई

पछिल्लो समय अमेरिकन दूतावासले नेपालीहरुलाई भिषा दिन निकै कडा गरेको भिषा आवेदन दिएका नेपालीहरु बताउँछन् । अवेदन दिएकाहरु मध्ये धेरै नेपालीलाई दूतावासले भिषा दिन अश्वीकार गर्दै आएको छ ।

अमेरिकन दूतावासले नेपालका कलाकार, साहित्याकार, खेलाडीहरुलाई भिषा दिनको लागि निकै कडा बनाएको छ भने विगतमा अमेरिका पुगेर नफर्कने केही कलाकार, खेलाडी र साहित्यकारहरुलाई कालासूचीमा राखेको भिषा आवेशन गर्ने नेपालीहरु बताउँछन् ।

 

केहीले गर्दा सबैलाई समस्या

अमेरिका पुगेर नर्फकेका सिमित नेपालीहरुले गर्दा धेरैलाई समस्या परेको भिषा आवेदन दिनेहरु बताउँछन् । विगतमा गएका नेपालीहरुको खराव रेकर्डकै कारण अमेरिकन दूतावासले सो पेशाका नेपालीहरुलाई कडाई गरेको उनीहरुको भनाइ छ ।

विगतमा अमेरिका पैवेश गरेर लुकेकाहरुको कारण स्वच्छ छवि भएका र केही कार्यक्रममा सहभागी हुन जाने तायारीमा रहेकाहरुलाई समस्या पर्दै आएको छ ।

 

यो पनि हेर्नुस् 

अमेरिका पलायन हुने कलाकारको लर्को, पुगेका फर्किएनन्