१ साउन, काठमाडौँ  

nepal oil corporation
आयल निगमले पेट्रोलपम्पलाई तेल वितरण गर्दा ठगी गरेको फेला परेको छ । राष्ट्रिय सर्तकता केन्द्रले निगमको अमलेखगंज डिपोबाट विवतरण हुने तेल परिमाण जाँच्दा कम दिने पुष्टि भएको समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

 

राष्ट्रिय उपभोक्ता मंचले निगमबाटै पम्प ठगिएको भन्दै गत १७ असारमा प्रधानमन्त्री कार्यालयमा उजुरी दिएको थियो । मंचले अमलेखगंज डिपोबाट त्यस क्षेत्रका व्यवसायीलाई तेल वितरण गर्दा प्रति तीनहजारमा लिटरमा ५० लिटरभन्दा बढी ठग्ने गरेको उजुरी दिएको थियो ।

 

प्रधानमन्त्री कार्यालयले मंचले दिएको उजुरी छानविन गर्न केन्द्रका डिआईजी रोशननाथ पन्तको संयोजकत्वमा टोली गठन गरेको थियो ।