अश्लिल चलचित्रमा काम गरिसकेकी बलिउडकी नवोदित अभिनेत्री सन्नी लियोन र भारतमा बयस्कहरुका लागि आवश्यक पर्ने उत्पादन बेच्ने एक अमरिकी वेवसाइटबीच झगडा परेको छ । अमेरिकी वेबसाइट आईएमबेशरम डट कमले सन्नीलाई आफ्ना उत्पादनको ब्राण्ड एम्बेसडर रहेको दावी गरेपनि सन्नीले भने कम्पनीसँग कुनै सम्झौता नभएको दावी गरेकी छिन् । यद्यपी यू ट्यूवमा अपलोड गरिएको भिडियोमा भने सन्नी उक्त कम्पनीका उत्पादनको विज्ञापन गरिरहेको देखिन्छिन् ।

sunny vs sex toys
भारत का नम्बर वान एडल्‍ट प्रोडक्ट कम्पनीकरुवमा दावी गर्ने आईएमबेशरम डट कमले भारतमा सेक्स टोए, कन्डोम र अन्य यौनवर्द्धक औषधी बेच्दै आएको छ ।

sunny vs sex toys 1
त्यसैगरी यो वेवसाइटले विवाह नभएका युवा युवतीका लागि ब्याचलर पार्टी समेत गराउने बताएको छ । यो साइटमा सन्नी लियोनका तस्विर र भिडियो समेत छन् । तर सन्नीले कम्पनीसँग कुनै आवद्धता अस्वीकार गरेकी छिन् ।

sunny vs sex toys 2
यो वेवसाइटका मालिक राज अरमानीले भने सन्नीको भनाइप्रति आश्चर्य जनाउँदै सन्नीसँग सम्झौता गरेर १ लाख डलरको विज्ञापनका सामग्री समेत बनाएको दावी गरेका छन् । अव बलिउडमा छवि सुधार्नका लागि सन्नीले यस्तो दावी गरेको हुन सक्ने उनको भनाइ छ ।

sunny vs sex toys 3

सन्नी लियोन अश्लिल चलचित्रबाटै चिनिएकी अभिनेत्री हुन् । उनका अश्लिल चलचित्र विभिन्न साइटमा छ्याप्ती पाउन सकिन्छ । उनको आधिकारिक सनलष्ट पिक्चर्स भन्ने पोर्न साइट समेत छ ।

sunny vs sex toys 4
अहिले बलिउडमा अभिनय गर्न थालेपछि भने सन्नी छवि सुधार्ने पक्षमा छिन् । उनले बलिउडमा २ चलिचित्र र विभिन्न म्यूजिक भिडियोमा अभिनय गरिसकेकी छिन् ।