एउटा हातमा बढीमा कतिवटासम्म ट्याटु खोप्न सकिएला ? पाँचवटा ? दशवटा ? कि तीसवटा ? न्युजिल्यान्डका एक व्यक्तिले भने एउटै पाखुरामा ४१ वटा ट्याटु खोपाएर सबैलाई चकित पारेका छन् ।

41 tatoos in a hand 1

न्युजिल्यान्डका २७ वर्षीय ली वेयरले ट्याटुले यसरी हात ढाकेका हुन् । होमर सिम्पसन नाम गरेको कार्टुनका एकजना पात्रको आकृतिलाई ट्याटुमा ढालेर उनले हात ढाकेका हुन् ।

 

यसअघि कसैले पनि कुनै एक पात्रको आकृतिलाई ट्याटुमा ढालेर यसरी हात भरेको थिएन । त्यसैले गिनिज वल्र्ड रेकर्डले उनलाई ‘हातमा एउटै पात्रको ट्याटु सबैभन्दा बढी संख्यामा खोपाउने व्यक्ति’को उपाधि दिएको छ ।

 

‘लीले होमर सिम्पसन नाम गरेका कार्टुनका पात्रको ४१ वटा आकृति हातमा खोपाएका छन् ।

 

होमर सिम्पसनका विभिन्न आकृति उनको पाखुरामा कुँदिएका छन् । यसअघि कसैले पनि एउटै पात्रको ट्याटु यति ठूलो संख्यामा खोपेको थिएन,’ गिनिज वल्र्ड रेकर्डले लेखेको छ ।

 

41 tatoos in a hand 1

‘सानोमा म होमर सिम्पसनको कार्टुन खुब हेर्ने गर्थें । बढ्ता हेर्न थालेपछि मलाई घरमा यो कार्यक्रम हेर्नमाथि नै प्रतिबन्ध लगाइयो । अहिले आएर मैले होमरको आकृति हातभरि खोपेको छु । होमरबाट अब मलाई कसैले अलग गर्न सक्दैन,’ लीले भने । मदिरा नखाएर बचाएको पैसाले ट्याटु खोपाएको उनले बताए ।