१२ साउन, काठमाडौ ।

आज जुलाई २८ तारिख, विश्व हेपाटाइटिस दिवस विभिन्न कार्यक्रम गरी नेपालमा पनि मनाइदै छ । ‘हेपाटाइटिस फेरि एकपटक सोचौं’ भन्ने नाराका साथ दिवस मनाउन लागिएको हो । दिवसका अवसरमा आज विहान काठमाडौंमा सचेतनामूलक प्रभातफेरीको आयोजना गरियो ।

काठमाडौको रत्नपार्कस्थित शान्तिवाटिकावाट शुरु भएको प्रभातफेरीले शहरका विभिन्न भाग परिक्रममा गरेको थियो । नेपालका करिव साढे दुई लाख मानिस हेपाटाइटिस बी बाट दीर्घकालिन रुपमा संक्रमित रहेको अनुमान गरिएको छ।

हेपाटाइटिस भाइरस कलेजोको संक्रमण गर्ने भाइरस हो । हेपाटाइटिस जण्डिस रोगको प्रमुख कारक पनि हो । विश्व स्वास्थ्य संगठनका अनुसार संसारका झण्डै २४ करोड मानिस हेपाटाइटिस बी र १५ करोड मानिस हेपाटाइटिस सीको संक्रमणवाट ग्रसित छन ।

हेपाटाइटिस बी भाइरस पत्ता लगाउने बैज्ञानिक बरुच स्यामुअल ब्लूमवर्गको जन्मदिनको अबसर पारेर हरेक बर्ष जुलाई २८ तारिखका दिन यो दिवस मनाउने गरिएको छ।