१२ साउन, काठमाडौं ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आज अर्को ठूलो दुर्घटना टरेको छ । विमानस्थलमा रहेको समयमा बंगलादेशी विमानमा आगलागी भएपछि खैलाबैला मच्चिएको थियो । तर आगलागीका कारण कुनै मानवीय क्षती नभएको विमानस्थलस्थित उड्डयन कार्यालय कर्यालयले जानकारी दिएको छ ।

ढाकाबाट काठमाडौं आएको Air Bus 330 विमानमा आगलागी भएपछि यात्रुहरु अत्तालिएका थिए । विमानको पछाडीको चक्काबाट आगो शुरु भएपनि केही बेरमा अग्नि नियन्त्रकले आगो नियन्त्रणमा लिन सफल भएका कारण ठूलो क्षति हुन पाएन ।

घटनाका कारण अवरुद्ध भएको विमान उडान र अवतरण सुचारु भैसकेको विमानस्थल कार्यालयले जानकारी दिएको छ । 

 

देशको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा यस प्रकारका विमानमा आगलागी हुने घटना नियमित जस्तै हुनुले त्यहाँको सुरक्षा ब्यवस्थामा प्रश्न उठ्न सक्ने देखिएको छ । 

 

यस अघि केही महिना अघि मात्र पनि विमानमा आगलागी भएको थियो ।