१४ साउन, काठमाडौं ।
उद्योगमन्त्री कर्णबहादुर थापाले १७ आौ एसियाली खेलकुद प्रतियोगिता (एसियाड) का लागि ढुक्क भएर तयारी गर्न विभिन्न खेलकुद सङ्घलाई आग्रह गरेका  छन् । राष्ट्रिय साहसिक खेलकुद सङ्घद्वारा आज काठमाडौंमा आयोजित ‘नेपाली खेलकुद समस्या र समाधान’ विषयक अन्तक्र्रियामा उनले एसियाड राष्ट्रको पहिचान भएको भन्दै खेलाडीलाई ढुक्क भएर आ–आफ्नो तयारीमा जुट्न आग्रह गरे । मन्त्री थापाले सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता पनि तोकिएको समयमा सञ्चालन हुने विश्वास व्यक्त गरे ।

karan
उनले खेलकुद मन्त्री र राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिवले आ–आफ्नो व्यक्तिगत स्वार्थलाई त्यागी राज्यको ऐन नियमको दायराभित्र रहेर खेलकुद क्षेत्रभित्र भएका समस्याको समाधान गर्नुपर्नेमा जोड दिए । खेलकुदमन्त्री र सदस्य सचिवबीच राजनीतिक तालमेल नमिल्दा दुवै जनाले एसियाडको लागि आ–आफ्नै तरिकाले प्रतियोगिता तयारी समिति गठन गरेपछि नेपालले उक्त प्रतियोगितामा भाग लिने हो वा होइन भन्ने अन्यौलता खेलाडीमाझ उब्जिएको छ ।
 सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि आर्थिक वर्ष २०७१/७२ को सरकारी नीति तथा कार्यक्रममा बजेट विनियोजन नभएपछि प्रतियोगिताको तयारीमा आशङ्का जन्मिएको छ ।

राखेपका सदस्यसचिव युवराज लामाले खेलकुद क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउन सबै राजनीतिक दलले पार्टीभित्र बहस चलाउनुपर्ने बताए । उनले आज खेलकुदमन्त्रीसँग भएको भेटघाट सकारात्मक भएको जानकारी दिए ।