१६ साउन, काठमाडौं ।
नेपाली युवा फुटवलर बिमल घर्ती मगरको दुई गोलको मद्धतमा बेल्जियमको एन्डरलेक क्लवले यु–१९ मैत्रीपूर्ण म्याचमा होगस्ट्राटेन क्लवलाई पराजित गरेको छ । एक बर्षे अनुबन्धमा एन्डरलेकमा गएका उनले आफूलाई प्रमाणित गर्ने क्रममा दुई गोल गरेका हुन् । सो खेल एन्डरलेकले २–१ ले जितेको थियो । 

Bimal1
क्लवको बन्द प्रशिक्षण रोकिएकाले उनी अहिले बेल्जियममा फुर्सदमा छन् । नेपाली सञ्चारमाध्यमसँग कुराकानी गर्दै उनले आफ्नो प्रदर्शनबाट ज्यादै खुशी भएको प्रतिक्रिया दिएका छन् । उनले भनेका छन्–बेल्जियमको क्लवका लागि गोल गर्न पाउँदा खुशी लागेको छ ।
एएफसी यु–१६ च्याम्पियनसिपका लागि नेपाली टोली अभ्यासका लागि निकट भविष्यमै बेल्जियम जाँदैछ । बिमलले आफ्नो टीमको खेलाडीलाई  बेल्जियममा भेट्न लाग्दा ज्यादै खुशी भएको बताए । नेपाली युथ टीमले बेल्जियममा राम्रो अनुभव सँगाल्ने उनको भनाइ छ ।