१६ साउन, काठमाडौं ।
महिला हिंसाको बिषयमा नेपालमा यतिवेला ठूलै बहस भएका छन् । लैंगिक हिंसालाई लिएर सयौं संघसंस्थाले मुद्धा बनाएर सशक्त बनाइरहेका छन् । यसै मेसोमा सरकारले लैंगिक हिंसा अन्त्य गर्न केही नेपाल ऐनलाई संसोधन गर्ने विधेयक संसदमा लगेको छ ।

कानूनमन्त्री नरहरि आचार्यले पेश गरेको विधेयकमा केही सभासद्ले पुरुषले महिलालाई अभद्र व्यवहार गर्दा कारवाहीको भोग्नुपरेको जस्तै महिलाले पनि पुरुषमाथि अभद्र व्यवहार गरेमा कारवाही गर्ने कानून बनाउनुपर्ने माग गरेका छन् । सदनमा यसको जवाफ दिदै मन्त्री आचार्यले महिलालाई जिस्क्याउने, अभद्र व्यवहार गर्ने पुरुषलाई दण्डित गरेजस्तै पुरुषलाई जिस्क्याउने महिलालाई पनि कारवाहीको व्यवस्था हुने बताए ।

ketaketi
लैगिक हिंसा अन्त्यका लागि सरकारले ३१ वटा कानूनमा संसोधनको तयारी गरेको हो । नेपाल प्रहरीमा लैंगिक हिंसामा ठोस कारवाही गर्ने, थुनाका बन्दी महिलाका लागि महिला सुरक्षाकर्मी नै रहने लगायत प्रावधान राखेर विधेयक ल्याइएको छ ।