१७ साउन, सुर्खेत ।

सुर्खेत जिल्ला प्रशासन कार्यालय सुर्खेतमा कार्यरत एक प्रहरी जवानले आफैमाथी गोली हानी आत्महत्या गरेका छन् । दाङ घरभइ हाल जिल्ला प्रसासन कार्यालय सुर्खेतमा कार्यरत २८ बर्षीय शिब बहादुर केशीले शुक्रबार साझ आफ्नै कार्यालयमै पेस्तोल हानी आत्महत्या गरेका हुन् ।

suicide shot

प्रहरी हवल्दार कोठाबाट बाहीर गएको मौका छोपी प्रहरी जवान केशीले सीरानीमुनी लुकाइ राखेको चाइनीज पेस्तोल आफैमाथी प्रहार गरी आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक प्रकाश डांगीले जानकारकी दिए ।

 

घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ । मृतक केशीको शव मध्यपश्चीम क्षेत्रीय अस्पताल सुर्खेतमा राखीएको छ ।