१८ साउन, मोरङ
मोरङ प्रहरीले लागूऔषध सहित ३ जनालाई पक्राउ गरेको छ । प्रहरीको पुर्वाञ्चल क्षेत्रीय कार्यालय बिराटनगरबाट खटिएको टोलीले बिशेष सुराकीका आधारमा सोमबार विराटनगर बसपार्कबाट लागू औषधसहित तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा  बिराटनगर  ५ बरगाछीका सरोज दाहाल, धनकुटा परेवादिन ५ का सुदिल लिम्बु र तेह्रथुम जीरीखिम्तकिा विजय तामाङ रहेका छन् ।

उनिहरुको साथवाट प्रहरीले एभिल ५५ एम्पुल, डाईजेल्याव ५५ एम्पुल र नेरोजेसिक ५५ एम्पुल वरामद गरेको प्रहरीले जनाएको छ । अनुन्धान भैरहेको प्रहरीको भनाई छ ।