२० साउन, यमन –

 

एक जना युवा आफ्नो साथीसँग बहिनीको हात आफूलाई दिन आग्रह गर्छन । यसको सट्टामा उनले आफ्नी बहिनी साथीलाई सुम्पने प्रस्ताव गर्छन् ।

 

‘म तिम्री  बहिनीसँग विवाह गर्छु तिमी मेरो बहिनी लैजाउ’ उनी भन्छन् ।

 

हो अरव मुलुकमा कुनै बेला गहिरो जरो गाडेको सट्टा विवाहको संस्कार अहिले पनि यमनमा विद्यमान छ ।

 

झट्ट हेर्दा रमाइलो लाग्ने यस्तो संस्कारको पीडा पनि उस्तै छ ।

 

तिमीले मेरो बहिनीसँग सम्बन्ध विच्छेद गर्ने हो भने म पनि तिम्रो बहिनीसँग सम्बन्ध टुटाउन बाध्य हुनेछु । ढुक्कसँग उनीहरु भन्छन् ।

muslim-ladies

गरिव परिवारका छोरीहरु पनि लामो समयसम्म अविवाहित हुन नपरोस तथा दाइजो दिने झन्झटबाट मुक्त पाउन मुसलमानहरुमा सट्टा विवाहको संस्कार बसेको थियो ।

 

सुरुका दिनमा  यस विवाहले मुस्लिम समुदायलाई धेरै फाइदा पुर्याएपनि पछिल्लो दिनमा भने समस्या निम्त्याएको छ । आजको राजधानी दैनिकमा समाचार छ ।