स्मार्ट फोनको चार्ज नटिकेर दिक्क हुनु हुन्छ ? अव पिर नगर्नुस् । तपाइँको फोन अव १५ मिनेटमा चार्ज हुन्छ ।  तर यस्तो चार्ज ब्याट्रीबाट होइन ब्याट्री प्याकबाट हुन्छ ।

अमेरिकाका एक ब्यक्ति र कम्पनी मिलेर १५ मिनेटमा चार्ज गर्न सकिने उपकरण बनाएको दावी गरेका हुन् । अमेरिकाको ऐस्टन यूनिवर्सिटीका ग्र्याजुएट ली पर्नलले पेटालाइट फ्लक्स ब्याट्री बनाएका छन् भने UNU इलेक्ट्रोनिक्सले अल्ट्राप्याक पोर्टेबल ब्याट्री प्याक बेच्न शुरु गरेको छ ।

UNU-Ultrapak-Fast-Charging-Batteries

पेटालाइट फ्लक्स बैटरी र अल्ट्राप्याक पोर्टेबल ब्याट्री ब्याक मिलेर बैटरी प्याक बनाइएको छ । यसलाई खल्तीमा राखेर समेत चलाउन सकिन्छ । ली पर्नलले यसै वर्ष संसारकै सबैभन्दा द्रुत गतिमा चार्ज गर्ने एक्सटर्नल ब्याट्री बनाउने उद्देश्यले पेटालाइट ब्याट्री सिस्टम्स स्थापना गरेका थिए ।

smart phone

उता UNU इलेक्ट्रोनिक्सले आफ्नो अल्ट्राप्याक पोर्टेबल ब्याट्री ब्याक सीरीजबाट केवल १५ मिन्टमा २ हजार mAh पावर दिन सक्ने दावी गरेको छ । सबै जसो स्मार्टफोनको क्षमता यसकै आसपासमा हुन्छ ।