२३ साउन, सुनसरी
सुनसरीमा लागु औषध नाईट्रोशन सहित एकजना पक्राउ परेका छन् । जिल्लाको धरान नगरपालिका ७ का ३४ बर्षीय नौसाद सिद्दिकीलाई तीनकुने सडक खण्डमा आकस्मिक चेकजाँचको क्रममा प्रहरीले पक्राउ गरेको हो ।

कोशी राजमार्गको धरान नगपालिका ८ स्थित ईटहरीबाट धरानतर्फ जाँदै गरेको को २ ख २७३८ नम्बरको माईक्रोबसबाट उनलार्ई पक्राउ गरिएको प्रहरीले जनाएको छ । ४ हजार ७ सय  ट्यावलेट सहित लागु औषध नाईट्रोशनसहित पक्राउन परेका सिद्दिकीका बारेमा अनुसन्धान भैरहेको प्रहरीले् जनाएको छ ।