२७ साउन ।
चीनमा बैज्ञानिकहरुले सीयांगी नामक उड्ने डाइनोसरको जिबाणु फेला पारेका छन् ।

changyuraptor dinosaur

१३ करोड बर्ष पहिला चीनको लिओनिंग मा रहेको डाइनोसरको जिबाणु फेला परेको हो । चांगयूरआप्टरयांगी नामक सो उड्ने डाइनोसरको पुच्छर ३० सेन्टीमिटर भन्दा लामो हुने गरेको नेचर कम्युनिकेशन पत्रिकाले जनाएको छ ।

उक्त पत्रिकामा प्रकाशित बैज्ञानिकहरुको लेख अनुसार उड्ने डाइनोसरको लामो प्वाखले उसलाई उड्न र बस्नमा सहयोग हुने गथ्र्यो । यो डाइनोसर पंक्षिको शुरुवाती समुहको एक नया प्रजाती मानिएको छ ।

सी यांगी डाइनोसर को जिबाणुलाई चीनको बोहाई विश्वबिद्यालय र अमेरिकाको लाँस एंजेलेस काउंटी को नेचुरल हिस्ट्री म्युजियमको एक समुहले पत्ता लगाएको हो ।

थुतुनो देखि खुट्टा सम्म मात्रै यसको लम्बाई १३२ सेमी हुने र अहिले सम्म पत्ता लागेका ४ प्वाख भएका पंक्षि मध्ये सबैभन्दा ठुलो रहेको छ ।