३१ साउन, काठमाडौँ ।

प्रेमिकाले विवाह प्रस्ताव राखेपछि एक विवाहित प्रेमीले प्रेमिकाको हत्या गरेको रहस्य खुलेको छ ।

hatya chakku

बिहीबार बिहान सबा पाँच बजे डल्लुेस्थित भीआईपी आवास नजिकै घाँटी रेटिएको अवस्थामा फेला परेकी युवतीको हत्या अनुसन्धान गर्दा यस्तो तथ्य खुलेको हो। सुरूमा युवतीको पहिचानसमेत खुल्न नसकेपछि प्रहरीले स्वयम्भू क्षेत्रमा ५० वटा भन्दा बढी फोटो देखाउँदै स्थानीयलाई सोधपुछ गरेको थियो ।

पछि युवतीका आफन्तले पहिचान खुलाएपछि मात्रै मृतक युवती रामेछाप डडुवाकी पेमा छेकी शेर्पा रहेको सूचना प्रहरीले पाएको थियो। आफन्तमार्फत अनुसन्धान गर्दै जाँदा शेर्पाले बोक्ने मोबाइलको कलडिटेल हेर्दा काठमाडौं लगनका रमेश महर्जन र शेर्पाबीच फोन सम्पर्क भएको प्रहरीले पत्ता लगाएको थियो।

प्रहरीले खोज्दै जाँदा शुक्रबार बिहान महर्जन विजेश्वरीस्थित अर्जुन श्रेष्ठको गरगहना पसलमा प्याकेजिङको काम गरिरहेको अवस्थामा भेटिएका थिए । महर्जनलाई पक्राउ गरेलगत्तै प्रहरीले शेर्पाको बारेमा सोधपुछ गर्दा उनी अक्मकिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर घटनाबारे केरकार गरेको थियो ।

केरकारका क्रममा महर्जनले आफुसँग विवाह गर्ने दबाब शेर्पाले दिएपछि हत्या गरेको बयान दिएका थिए। विगत डेढ वर्षअघि चीनजान भएका उनीहरूवीचको सम्बन्ध एक वर्षदेखि प्रेम सम्बन्धमा परिणत भएको थियो। दुई बच्चाका बाबु महर्जनले शेर्पालाई भने आफु विवाहित नभएको बताएका थिए। उनीहरू श्रेष्ठको गहना पसलमा समेत सँगै काम गर्दै आएका थिए। सधैंजसो मर्निङवाकमा निस्कने उनीहरूको भेट ढल्कुमा हुँन्थ्यो। १५ दिन देखि शेर्पाले आफूलाई विवाह गर्न महर्जनलाई दबाब दिंदै आएकी थिईन् । महर्जनका घरमा भने उनीहरूवचीको सम्बन्धका बारेमा अन्य परिवारका सदस्य जानकार थिएनन् ।

प्रहरीका अनुसार गोपनियता भंग हुने डरले महर्जनले योजनाबद्ध ढंगले बिहीबार बिहान मर्निङवाक जाँदा चक्कु साथमा लिएर गएका थिए । डल्लुदस्थित भीआइपी आवास नजिकै खुला स्थानमा महर्जनले शेर्पालाई घाँटीमा चक्कुले रेडेर डेढ सय मिटर झाडीमा चक्कु फाली भागेका थिए। प्रहरीले महर्जनलाई पक्राउ गरेर केरकार गर्दा उनले चक्कु फालेको स्थानबाट चक्कु बरामद गर्न प्रहरी सफल भएको छ। शेर्पाको घाँटी रेटेपछि रगत लागेको लुगा महर्जनले पखाली सकेका थिए। प्रहरीले रगतको दाग लागेको लुगा समेत बरामद गरेको छ। शेर्पाले बोक्दै आएको मोवाईल समेत महर्जनले फालिदिएका थिए।घटनाबारे सार्वजनिक गर्न महानगरीय प्रहरी परिसर हनुमानढोका आयोजित पत्रकार सम्मेलनमा समेत महर्जनले शेर्पा हत्या स्वीकार गरेका छन् ।

हनुमानढोका परिसर प्रमुख एसएसपी उत्तम कार्कीका अनुसार महर्जनले योजनाबद्ध ढंगले शेर्पाको हत्या गरेका हुन् । हत्यारा आफैंले घटना स्वीकार गरिसकेका छन्, घटनामा प्रयोग भएको चक्कु बरामद भईसकेको छ, प्रहरी अनुसन्धान थप सहज भएको छ, एसएसपी कार्कीले भने। उनका अनुसार महर्जन र शेर्पावीच केही समय घम्साघम्सी समेत भएको देखिन्छ। शेर्पाको हातमा घाउचोट लागेका छन् ।

घटनाको अनुसन्धान परिसर, महानगरीय प्रहरी अपराध महाशाखा र स्वयम्भु वृत्तले गरेको थियो। प्रहरीका अनुसार शेर्पाले आफ्ना दुई बहिनीरूलाई समेत महर्जन आफ्नो साथी भएको बताएकी थिइन् । अन्नपूर्ण पोष्टबाट