३१ साउन, पोखरा ।

आफ्नी आमाले आफ्नो छोरा भन्दा दाईकी छोरीलाई बढी माया गरेको भन्दै कास्कीको रिभानका एक ब्यक्तिले आफ्नै दाइकी पाँच बर्षिया नावालिका छोरीको हत्या गरेका छन् । कास्कीको रिभानका मानबहादुर बिकले बिहिबार साँझ आफ्नै सहोदर दाजु गोरेबहादुर बिककी पाँच बर्षीय छोरी मञ्जिला बिकको हत्या गरेको अभियोगमा कास्की प्रहरीले उनलाई पक्राउ गरेको हो ।

murder

कास्की प्रहरी प्रमुख प्रहरी उपरिक्षक बसन्त लामाले अभियुक्तले आरोप स्विकारेको जानकारी दिए ।

बिहिबार साँझ उनले घर नजिकै रहेकी दाइकी छोरीलाई पाउरोटी किनिदिने भन्दै फकाएर घर भन्दा केही पर लगेर लठ्ठी प्रहार गरी ती वालिकाको हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

स्थानीयले बच्चीको लाश भेटेपछि मान बहादुरले नै हत्या गरेको सहज अनुमान गरेर प्रहरीमा खवर गरेका थिए । प्रहरीले भागीरहेको अवस्थामा ल्वाङ्घलेलबाट मान बहादुरलाई पक्राउ गरेको जनाएको छ ।

प्रहरी प्रमुख लामा भन्छन्–“गाउँका भैसी पनि मार्थे भन्ने सुनियो ।”

“केही समय पहिलानै मानबहादुरकी श्रीमती अर्कैसँग पोइला गएकी थिइन् । त्यस घटनामा पनि दाइको कारण भएको उनले वताउँदै आएका थिए ।” प्रहरी स्रोतले भन्यो ।
पक्राउ परेका मानबहादुरलाई कास्की प्रहरीले शुक्रबार म्याद थप गरेर हिरासतमा राखेको छ । मृतक बालिकाको शबलाइ पोष्टमार्टपछि, कास्की प्रहरीले आफन्तको जिम्मा लगाएको छ ।