९ भदौ काठमाडौं ।

व्यवस्थापिका संसद सचिवालयले सोमबार व्यवस्थापिका संसद अन्तर्गतका विधायन समिति, दशवटा विषयगत समिति र संसदीय सुनुवाई विशेष समितिका सभापतिहरुको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।

CA-Meetings

व्यवस्थापिका संसदका महासचिव मनोहरप्रसाद भट्टराइका अनुसार मंगलबार विहान दस बजेदेखि पाँच बजेसम्म सभापतिका उम्मेदवारहरुको प्रस्ताव दर्ता गर्ने समय तोकिएको छ । आज नै उम्मेदवारको अन्तिम सूची प्रकाशन गर्ने कार्यक्रम रहेको उनले बताए ।

निर्वाचन कार्यतालिका अनुसार बुधवार सम्बन्धित समितिको हलमा निर्वाचन हुने कार्यक्रम रहेको छ । भदौ ४ गते नै हुने भनिएको सभापतिहरुको निर्वाचन कार्यक्रम साउनको अन्तिम साता गएको वाढी पहिरोका कारण प्रभावित भएको थियो । सार्वजानिक लेखा समितिको सभापतिमा यस अघि नै एकीकृत माओवादीका नेता जनार्दन शर्मा सर्वसम्मत रुपमा चयन भैसकेका छन् ।