९ भदौ, काठमाडौं ।

अभिनेता श्रृकृष्ण श्रेष्ठको निधन भएको १७ दिन पछि उनकी पत्नि स्वेता खडकाले मनको बेदना सामाजिक सञ्जालमा पोखेकी छिन् ।

sweta crying 4
पतिको निधनको १३ औं दिनको पुण्य तिथिमा आयोजित श्रद्धाञ्जलीका कार्यक्रममा एक मिनेट पनि आँखा ओभानो नपारेकी स्वेताले श्रीकृष्णको निधनमा भगवान पनि पछुताएको बताएकी छिन् ।

आफूलाई जस्तो कसैलाई नपरोस् भन्दै स्वेताले लेखेकी छिन्ः

Sweta Khadka Facebook status

भगवन पनि पछुतायो होला अब त , गल्ती गरेछु भनेर………
को सँग दुख Share गरौ भगवान जब तिमीले यति दुख दिएपछी कमसेकम हे भगवन भन्ने ठाउ त राख्दिनु पर्छ ??? अब त त्यो ठाउ पनि बाकी रहेन ?? अजै पनि अलिकती बिश्वास छ हामिलाई जे गर्‍यो मलाई जती दुख दिएउ please कसैको जिवन मा भुलेर पनि एस्तो दुख नदेउ भगवन । please सह्न गाह्रो भयो मलाई………….

श्रीकृष्णकी विधवा स्वेता रोएकी रोयै भएपछि १३ औं दिनको दिन आयोजित कार्यक्रम उनलाई सम्हाल्न खोज्नेहरु पनि भक्कानिएका देखिन्थे ।

अभिनेता श्रेष्ठको डिप निमोनियाका कारण भारतको नयाँ दिल्लीमा निधन भएको थियो । उनको श्रद्धाञ्जलीमा हजारौं मानिस सहभागी भएका थिए भने सरकारी सम्मानका साथ अन्त्यष्टि गरिएको थियो ।