१० साउन, काठमाडौं । stock-market

सोमबार नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से) ३७ दशमलव ८१ अंकले घटेको छ ।

राष्ट्र बैंकबाट जारी एक निर्देशनको अपव्याख्या भएपछि बजारमा गिरावट देखिन थालेको हो ।

बिमा र जलविद्युत् समूहमा आएको ठूलो गिरावटका कारण आइतबार पनि बजार घटेको थियो ।

सेयर ब्रोकरका अनुसार राष्ट्र बैंकको निर्देशनपछि बैंक वित्रीय संस्थाले बिमा र जलविद्युत् कम्पनीको सेयर विक्री गर्ने हल्ला चलेपछि बजारमा गिरावट आएको हो । तर राष्ट्र बैंकले त्यस्तो कुनै व्यवस्था गरेको छैन ।