१० भदौं, काठमाडौं ।
मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले माघ ८ गते संविधान बन्ने सम्भावना घट्दै गएको बताएका छन् । पुराना सहमति कार्यन्वयन नभए संविधान बन्न नसक्ने उनको भनाइ छ । व्यवस्थापिका–संसदमा बोल्दै उनले भने– पूराना सहमतिहरु पालना नभए माघ ८ मा संविधान आउँदैन, सत्ताधारी दलको अभिव्यक्तिले त्यही देखाउँछ ।

gachhadar

चार वूदे सहमति कार्यन्वयन नभएसम्म सदन चल्न नदिने एकीकृत माओवादीको नीतिमा फोरम लोकतान्त्रिकले पनि सहमति जनाएको छ । गच्छदारले संयन्त्र बनाउने लगायत बिषयमा भएको सहमति कार्यन्वयनको माग गरे । अर्को प्रसंगमा २६ सभासद मनोनयनमा गरिएको भागवण्डामा आफूहरुको विमत्ति रहेको बताए । उनले कंग्रेस र एमालेले बढी सिट लिन खोजेको बताए ।