१० भदौ, काठमाडौं ।
महिलाहरुको चाड तीज भड्किलो भन्दै गएको भन्दै समाजमा आलोचना एउटा कोणबाट भइरहेको छ । दर खाने प्रचलनलाई लिएर समाजमा देखासिकीको संस्कार बढेको टिप्पणी समेत हुने गरेका छन् । तर धर्मलाई अफिम मान्ने मान्यता राख्ने कम्युनिष्ट विचारधाराका नेतृहरु नै तीजका लागि महंगा पार्टी प्यालेसमा दर खाने कार्यक्रममा व्यस्त हुन थालेका छन् ।

left 3
पार्टीको केन्द्रिय नेतादेखि भातृसंगठनका कार्यकर्तालाई निम्तो गरेर काठमाडौंमा तीजका कार्यक्रम हुन थालेको छ । समाजलाई नकारात्मक दिशामा जान नहुने र प्रगतिशील मानिएका महिला संगठनले नै त्यस्ता कार्यक्रमलाई महत्व दिएका छन् ।

left 2
यसैक्रममा एमालेको भगिनी संस्था अखिल नेपाल महिला संघले राजधानीको एक महंगो पार्टी प्यालेसमा तीज कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा मुख्य अतिथीको रुपमा पार्टी अध्यक्ष केपी ओलीलाई बोलाइएको थियो । तीज आउन केही दिन बाँकी छदै कम्युनिष्ट विचारधाराका महिला नेतृ नै तीजमा रमाएको देख्दा विचार र सिद्धान्त भन्दा पृथक व्यवहार हुने संस्कार हुँकिदै गएको छ ।

left 1