१२ भदौ, चितवन ।

नेकपा-माओवादीले भोलि चितवन बन्द आह्वान गरेको छ । भारत सरकारको सहयोगमा निमार्ण गरिएको चितवनको माडीमा रहेको माडी वहुमुखी क्याम्पसको नवनिर्मित भवनको उद्घाटन गर्न भारतीय राजदुत रन्जित रे चितवन पुगेपछि माओवादीले जिल्ला बन्द आह्वान गरेको हो ।

Mohan Biadya 1

आजै चितवन पुगेका नेपालका लागि भारतीय राजदुत रे ले भने राजदुतवाट भवन उद्घाटन गर्ने कार्यक्रमको नेकपा माओवादीवाट विरोध भईरहेको विषयमा आफुलाई कुनै जानकारी नभएको बताए । नेपाल सरकारको मातहतमै भवन निर्माण गरिएकोले विरोधको अर्थ नभएको उहाको भनाई थियो ।

तर कार्यक्रमलाई भारतीय हस्तक्षेप भन्दै नेकपा माओवादी चितवनले भोली चितवन वन्दको आव्हान गरेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको वेला गरेका प्रतिवद्धताहरु तत्काल पुरा गराउने पनि राजदुत रेले बताएका छन् । भरतपुरमा पत्रकारहरुसँग कुरा गर्दै उनले भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमण अत्यन्त सफल भएको दावी समेत गरे । नेकपा माओवादीले मोदीको भ्रमण असफल भएको दावी गर्दै आएको छ ।