१४ भदौ, काठमाडौँ ।
सरकारले वैदेशिक लगानीलाई उच्च प्राथमिकता दिए तापनि आर्थिक वर्ष २०७०÷७१ मा त्यस्तो लगानीे प्रतिबद्धता रकममा खासै वृद्धि नभएको पाइएको छ ।  नेपाल राष्ट्र बैंकले यसै साता सार्वजनिक गरेको गत आवमा वैदेशिक लगानीमा ०.९ प्रतिशतको सीमान्त वृद्धि देखिएको छ भने वैदेशिक लगानीका परियोजनाहरूको सङ्ख्यामा ३.८ प्रतिशतले कमी आएको छ ।

 

अघिल्लो आवमा उद्योग विभागले रु. २० अर्ब १० करोडको वैदेशिक लगानीे प्रतिबद्धता भएका कुल ३०५ वटा विदेशी संयुक्त लगानीका परियोजनालाई स्वीकृति दिएको थियोभने विभागले आव २०६९÷७० रु १९ अर्ब ९४ करोडको वैदेशिक लगानी प्रतिवद्धता भएकाकुल ३१७ वटा यस्ता परियोजनाहरूलाई स्वीकृति प्रदान गरेको थियो ।

 

गतवर्ष दर्ता भएका कुल ३०५ परियोजनाहरूमध्ये सेवासम्बन्धी १०६, पर्यटन सम्बन्धी ८७, कृषितथा वनसम्बन्धी ४७, उत्पादन सम्बन्धी ४४, खानीसम्बन्धी ११ र उर्जासम्बन्धी १० छन् भने आव २०६९÷७० स्वीकृत परियोजनाहरूमध्ये सेवा सम्वन्धी ८९ तथा पर्यटनसम्बन्धी ८९, उत्पादनसम्बन्धी ८४, कृषि तथा वनसम्बन्धी ४३, ऊर्जासम्बन्धी छ, खानीसम्बन्धी पाँच र निर्माणसम्बन्धी एउटा परियोजना थिए ।

 

आव २०६९÷७० वर्षको तुलनामा आव २०७०÷७१ मा कृषि तथा वन, एवम् ऊर्जासम्बन्धी परियोजना सङ्ख्या तथा लगानी रकम दुवैमा वृद्धि भएको छ भने उत्पादन, सेवा, खानी तथा पर्यटनसम्बन्धी परियोजनाको लगानी रकममा भारी गिरावट आएको केन्द्रीय बैंकले जनाएको छ । रासस