१८ भदौ, पर्वत । 

पर्वतको बाजुङ्गमा श्रीमान र श्रीमतीको २ घण्टाको फरकमा मृत्यु भएको छ । श्रीमानको मृत्यु भएको दुई घण्टापछि श्रीमतीको पनि मृत्यु भएको हो ।

पर्वतको बाजुङ्ग गाउँ बिकास समिति वडा नं ९ का ९१ बर्षिय बृद्ध रुद्रबहादुर बिक र उनकी ८१ बर्षिय श्रीमती छलिदेबी बिकको दुई घण्टाको बिचमा कालगतीले नै मृत्यु भएको स्थानीयले बताए ।

श्रीमान रुद्रबहादुरको मंगलबार बिहान १०.३० बजेको समयमा मृत्यु भएको हो भने श्रीमती छलिदेबीको मृत्यु मध्यान्न १२.३० मा भएको हो ।

दुई घण्टाको फरकमा श्रीमान श्रीमतीको मृत्यु भएपछि मोदीबेणीघाटमा एउटै चित्तामा दुई जनाको दाहसंस्कार गरिएको स्थानियबासीले जानकारी दिए ।

‘दुई घण्टाको फरकमा श्रीमान श्रीमतीको मृत्यु भएपछि एउटै चित्तामा दाहसंस्कार गरिएको छ ।