बलिउड अभिनेत्री प्रियंका चोपडाले नवोदित अभिनेता अर्जुन कपुरलाई हातैले लेखेर शुभकामना दिएपछि बलिउडमा चर्चा बढेको छ । प्रियंकाले अर्जुनको पछिल्लो चलचित्र ‘फाइन्डिङ फ्यानी’ का लागि शुभकामना दिँदा हस्त लिखित पत्र पठाएकी हुन् ।

अर्जुन कपुरलाई फुबू नामले सम्बोधन गर्दै प्रियंकाले पत्र लेखेकी हुन् ।

Priyanka-Chopra-and-Arjun-Kapoor

अर्जुनले पनि प्रियंकाले इमेल र एसएमएसको जमानामा हातले पत्र लेखेर आफूलाई विशेष माया दिएको भन्दै खुसी ब्यक्त गरेका छन् ।

priyanka letter

अंग्रेजी भाषाको चलचित्र ‘फाइंडिंग फ्यानी’ १२ सेप्टेम्बर अर्थात आगामी शुक्रबार रिलिज हुँदैछ ।