यदि तपाइँ रक्तचाप बढाउन भन्दै नूनको सेवन गर्नु हुन्छ भने आजै देखि छोड्नुस् । हालै गरेको शोधले नूनले रक्तचाप बढाउन कुनै भूमिका नखेल्ने देखाएको छ ।
शरीरमा नूनको मात्र बढी भएमा विभिन्न रोग लाग्ने पनि अध्यनका क्रममा पाहियो ।
८०० जना फ्रान्सेली नागरिकमाथि गरिएको यो अध्यनका क्रममा नून खाएर रक्तचाप बढाउन खोज्नु भ्रामक भएको नष्कर्ष निकालिएको हो । रक्त चापमा नूनको खास भूमिका नरहेको यो अध्यनको निष्कर्ष छ ।
यो अध्यनका क्रममा रक्तचापका विरामी, उनीहरुको उमेर, मदिरा सेवन लगायतका आधारमा नूनको सेवन र रक्तचापको तुलना गरिएको थियो ।