२९ भदौ, काठमाडौं ।

राप्रपा नेपालले विवादकाबीच सभाषदमा मनोनयन गरेका अखिल नेपाल फुटवल संघ एन्फाका अध्यक्ष गणेश थापाले संविधानसभामा पहिलो पटक बोल्दै आफ्नो जिउ कामी रहेको बताएका छन् ।

ganesh-Thapa

संविधानसभामा भाषण गर्दै गणेश थापाले आफ्नो अगाडी माननीय ब्यक्तित्व रहेका कारण राम्रा खेलाडीको अगाडी नयाँ खेलाडी डराएको जस्तो आफ्नो शरीर पनि कामी रहेको अनुभव भएको बताए ।

 

राप्रपा नेपालका अध्यक्ष कमल थापाका सहोदर भाइ समेत रहेका गणेश थापालाई राप्रपा नेपालले सरकारले मनोनयन गर्ने सभाषदमा आफ्नो तर्फबाट पठाएको थियो ।

 

उनी मनोनयनमा परेका सबैभन्दा विवादास्पद ब्यक्ति हुन् । गणेश थापाले एन्फामा भ्रष्टाचार गरेको भन्दै संसदीय लेखा समितिले उनीमाथि छानविन गरिरहेको छ ।