मनिषा अवस्थी ।

manisha

कविता 

मलाइ पनि देउ न एक किनारा
संसार सामु बाँच्ने इसारा
हात र खुट्टा मेरा पनि छन कर्म गरी
बाँच्छु अनि दुनियामा नाच्छु

आमाले त सन्तान भन्थिन रे गर्भमै
टुहुरो भएछु म त
साहारा मागिरहेछु तिमी संग देउ न मलाई
एक किनारा
बाँच्नेछु म दुनियासंग देउ न मलाई
बाँच्ने इसारा

दैलो दैलो घुमिरहेछु मात्र एक छाक
मागिरहेछु देउ न बाँच्ने इसारा
दुनिया घुम्छु अनुभवि छु तर छैन मेरो लागी बास त्यसैले म भन्छु मलाइ पनि देउन
ए साथी एक किनारा
कर्म गर्छु पसिना बगाउछु देउन मलाई बाँच्ने  इसारा

आँशुको नदीले बगाइरहेछ त्यहि नदीमा बगिरहेछु
रोकिन्छु म पनि टेकाउछु यी पाउ
शिशिर चल्ने सिरेटोले उडाइरहेछ टेक्न लहरा नै पाइन म पनि लहरा समात्छु । 

किल्ला सार्दै आगाडी बढ्ने विपक्षीलाई थर्काउने
मन त साह्रै छ तर चाहियो नि त बस्ने किनारा
त्यसैले पेटी पेटीमा ओछ्यान छ  मेरो

भुस्याहा डाँगोलाई बाबा भन्छु  
त्यसकै छाउरीलाई आमा भन्छु
दाजु र दिदी जो शहिद भए
उनिहरुको रगतले कोरिएको सिमारेखा मेट्न दिन
त मलाई पनि इच्छा छैन
मेरा कलपुर्जाले कामै गर्न छोडे कमजोर भइसके
ए साथी कोठामा सुरुरु हावा हप्काएर बस्छौ एक चोटी उठेर देउन मलाई अलिकति उर्जा
देउ न मलाई पनि बस्न एक किराना

श्वास रहन्जेल घृणित भएर संसार सामु
यो हातमा रातो रस त छ
यो पाखुरीमा नसाहरु छन तर बलका
साथ थर्किलो पौरख  चल्दैन
पौरखका साथ काम गर्ने इच्छा त मेरो
पनि छ तर यो संसार तिमिलाई मात्र ठिक छ
यहा त तिम्रो लागि मात्र खान पुग्छ म त
प्रकृतीको सौतेनी छोरा, छैन मेरो कुनै साहारा
देउ न साथी मलाई बाच्ने इशारा

ऐश चाहिएन मलाई कुनै भोजन चाहिएन, बस
मलाई भोक भए पुग्यो मात्र चाहियो एक  
किनारा देउ न एक किनारा
 मलाई संसार सामु बाँच्ने इशारा
म पनि बाँच्छु सडकमा नाच्छु तर छैन
मलाई एक किनारा
बाँच्ने साहारा ।