दुनियाँमा कुनै कुनै स्थान यस्ता छन् जहाँको रहस्य सुल्झाउन विज्ञानले पनि सकेको छैन ।

चाहे अफ्रिकी राष्ट्र बरमुडाको ट्राइङ्गल होस वा अमेरिकाको फ्लोरिडामा रहेको सान लुइस भ्याली । यस्तै रहस्यमय अर्को स्थान हो दक्षिण अफ्रिकाको लिम्पोतो प्रान्तमा पर्ने फुन्दुजी ताल ।

 

killer lake 2

killer lake

यहाँ मानिसहरुलाई जान प्रतिबन्ध गरिएको छ । खासगरी पर्यटकहरुलाई यसको नजिक जान दिइँदैन ।

यो तालको अनौठो विशेषता यहाँको पानी पिउन खोज्ने मान्छेको मृत्यु हुन्छ । पानी निक्कै स्वच्छ देखिन्छ । तर यहाँको पानी खाएको कुनै पनि ब्यक्ति जिवित नरहेको स्थानीयको भनाइ छ ।

killer lake 1

यहाँको पानी पिउँदा मानिस किन मर्छन् भन्ने विषयमा हाल सम्म गरिएको अनुसन्धानले कुनै पनि कारण पत्ता लगाउन सकेको छैन । शुरुमा मानिसहरुले यसलाई संयोग मात्र भनेर पन्छाउने कोशिस गरेपनि पनी पिएकै कारण दर्जनौं मानिसको मृत्यु भएपछि भने अनुसन्धानकर्ताहरु समेत चकित भएका छन् ।

 

killer lake 3
यो ताल नजिकैको गाउँमा मानिसहरु तालको पारी पट्टी पहाडमा एक अजिङ्गर रहेको उसले नै त्यहाँ जाने मानिसलाई पिउन खोज्ने पानीमा विष छोड्ने विश्वास गर्छन् ।

तर वास्तविकता के हो कसैलाई थाहा छैन ।