एजेन्सी ।

नायिका प्रियंका चोपडा बलिउडका अहिलेकी उम्दा नायिका हुन् । उनको डिमान्ड चारैतिर छ । तर उनले यहाँ सम्म आइपुग्न सानो संघर्ष भने गरेकी छैनन् । यसै क्रममा उनले आफूले जीवनमा भोगेको एक रहस्य खुलासा गरिदिएकी छिन् ।

priyanka-chopra-hd
प्रियंकाले फिल्ममा आफ्नो कअिर निर्माण गर्दै थिइन् । उनी त्यसबेला विभिन्न मान्छेको संगतमा पुग्थिन् । त्यसै सिलसिलामा उनी एक निर्देशकको सम्पर्कमा पुगिन् । ती निर्देशकले प्रियंकालाई एक फिल्ममा खेलाउने त भए तर सर्त थियो, प्रियंकाले भित्री बस्त्र देखाउनुपर्ने । तर प्रियंकाले त्यसलाई ठाडै अस्विकार गरिन् र फिल्म नै खेलिनन् ।

मेरो जीवनकै कहालीलाग्दो क्षण हो त्यो । मलार्य फिल्मप्रति धेरैभन्दा धेरै दर्शकलाई आकर्षित गर्नका लागि एक निर्देशकले मेरो अन्डरगार्मेन्ट देखाउनेपर्ने बताए । म आश्चर्यमा परें । त्यसपछि मैले त्यो फिल्म ने छोडिदिए । प्रिंयकाले भनेकी छिन् । ट्विटरमा यस्तो लेखेकी उनले ती को निर्देशक थिए भन्नेचाँही खुलाएकी छैनन् ।