मानिसको जीवनमा हुने उतार चढाव अनुमान गर्न पनि कठिन छ । यस्तै उतार चढावको नमूना बनेकी छिन् जयललिता ।

 

भारतीय राज्य तमिलनाणुकी निक्कै बलियो मुख्यमन्त्री रहेकी जयललिताले अव जेलको हावा खान शुरु गरेकी छिन् । सुन्दरी अभिनेत्री देखि मुख्यमन्त्री र जेल सम्मको जयललिताको यात्रा रोमाञ्चक छ ।

jay lalita life

अभियनको जादुबाट रिटायर्ड भएर अभिनयको दुनियाँमा प्रवेश गरेकी जयललिताको जीवनमा आएका उतार चढाव साँच्चिकै धेरैका लागि पाठ बन्न सक्छन् ।

jay lalita life 1

१५ वर्ष वर्षको उमेरमा फिल्मी करिअर शुरु गरेकी थिइन् । सुप्रसिद्ध तमिल अभिनेत्री बन्न सफल भएकी उनको महत्वाकाँक्षा अभिनयमै रोकिएन । पढाइमा पनि निक्कै अव्वल रहेकी जयललिताको राजनीतिमा पनि रुची थियो ।

 

उनको राजनीतिकमा रुची हुनुको कारण थिए चर्चित तमिल अभिनेता एवं राजनीतिज्ञ एमजीआर ।

jay lalita life 1

जव एमजीआरले एम करुणानिधिको पार्टी द्रमुक फुटेपछि अन्नाद्रमुक गठन गरे । सोही पार्टीमा १९८३ मा जयललिता पार्टी महासचिव बनिन् । उनलाई एमजीआरले राज्यसभामा मनोनयन गरे ।

 

जयललिता र एमजीआरबीच केही मदभेद चलेपनि उने १९८४ मा पार्टीको चुनावी अभियानको नेतृत्व गरिन् । सन् १९८७ मा एमजीआरको निधन भयो र जयललिताले पार्टी राजनीतिमा नेतृत्व लिन अग्रसर भइन् ।

jay lalita life 1

 

एमजीआरको अन्तिम संस्कारको क्रममा एमजीआरकी पत्नी तथा पार्टी कार्यकर्ताले जयललितामाथि दुर्व्यवहार समेत गरे र पार्टीमा विग्रहको संकेत देखियो ।

jay lalita life 1 jay lalita life 1  jay lalita life 1     jay lalita life 1 jay lalita life 1

तर जनतामाझ लोकप्रिय बन्दै गएकी सुन्दरी जयललिता पहिलो पटक १९९१ मा तमिलनाणुको मुख्यमन्त्री बनिन् । तर सन् १९९६ मा चुनाव हुँदा जयललिता हारिन् तर राजनीतिक यात्रामा भने डटिरहिन् ।

jay lalita life 1

मुख्यमन्त्री पदमा रहेर अकुत सम्पति कमाएको ठहर गर्दै जयललितामाथि १९९६ मा मुद्धा परेको थियो । जयललितामाथि सन् १९९१ र १९९६ मा अकुत सम्पति कमाएको आरोपमा मुद्धा परेको थियो ।

jay lalita life 1

मुख्यमन्त्री बन्नु अघि उनको सम्पति केवल ३ करोडको रहेकोमा ५ वर्षमा उनको सम्पति ६६ करोड भारु भन्दा बढी भएपछि उनीमाथि अकुत संपतिको मुद्धा लागेको हो ।

jay lalita life 1

१९९६ मा जयललिताको घरमा छापा मार्दा २८ किलो सुन, ८९६ किलो चाँदी, १० हजार साडी र ७५० जोर जुत्ता एवं ५१ घडी बरामद भएको थियो ।

सोही मुद्धामाथि सुनुवाइ गर्दै शनिबार बैंगलोर अदालतले जयललितालाई ४ वर्ष जेल सजाय सुनाएको छ ।