१२ असोज, काठमाडौं ।

पूर्वप्रधानमन्त्री एवं एमाओवादीका नेता डाक्टर बाबुराम भट्टराईले आफूले पूर्वराजासँग मिलेर पार्टी खोल्न लागेको भनेर गरिएको प्रचार भ्रमपूर्ण र असत्य रहेको भन्दै त्यसको खण्डन गरेका छन् ।

Baburam bhattrai-stage

केही अनलाइन तथा सञ्चार माध्यमले बाबुराम भट्टराईले पूर्वराजा ज्ञानेन्द्रसँग मिलेर नयाँ पार्टी खोल्न लागेको भन्दै समाचार प्रकाशित गरेपछि बाबुरामको यस्तो भनाइ आएको हो ।

बाबुरामले फेसबुकमा लेखेका छन्ः

मैले पूर्व राजा ज्ञानेन्द्रसंग मिलेर नयाँ पार्टी बनाउने कुरा पूर्ण रुपले असत्य र भ्रमपूर्ण प्रचारवाजी मात्र हो! राष्ट्रिय स्वाधीनता, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेसी-समानुपातिक-सहभागितामूलक लोकतन्त्र र समाजवाद मेरा जीवनका प्रतिबद्धता हुन् । तिनका विरुद्धमा कहिल्यै कसैसंग सम्झौता हुन सक्दैन ।
यो दशैंको मौसममा हल्लैहल्लाको चंगा उडाउनु भन्दा साँच्चैको चंगा उडाउनु बढी उपयुक्त हुन्थ्यो कि?

baburam on king gyananera party

बाबुरामले हल्लैहल्लाको चंगा भन्दा दशैंको बास्तविक चंङ्गा उडाउनु राम्रो हुने सुझाव समेत दिएका छन् ।

बाबुराम भट्टराई पूर्वराजा ज्ञानेन्द्र हृदयघात भएर नर्भिक अस्पतालमा उपचार गराइरहेको समयमा उनलाई भेट्न गएका थिए । पूर्वराजालाई भेटन बाबुराम पुगेपछि उनको विषयमा विभिन्न टिप्पणी भैरहेका छन् ।