१३ असोज, काठमाडौँ ।
नेपालीहरुको महान पर्व विजयादशमीकोे आज पाँचौ दिन । दुर्गा भवानीको ५ औँ शक्तिकोे रुपमा रहेकी स्कन्दमाताको पूजा आराधना गरी मनाईंदैछ ।

nawa durga
सुर्य मण्डलकी अधिष्ठात्री देवी स्कन्दमातालाई माताको स्नेह दिने देवीको रुपमा लिने गरिन्छ । स्कन्दमाताको भक्तिपूर्वक पुजाआजा गरे पुत्रले माताबाट र माताले पुत्रबाट राम्रो माया पाउने तथा सम्बन्ध पनि सुमधुर रहने विश्वास रहेको छ ।

 

आज पनि देशभरका विभिन्न मठमन्दीरहरुमा बिहानैदेखि दर्शनार्थीहरुको भीड लागेको छ ।