२० असोज, महेन्द्रनगर ।

कञ्चनपुरमा ठूलो मात्रामा लागु पदार्थ चरेस सहित चार जनालाई पक्राउ परेका छन ।

lagu ausadh pakrau

प्रहरीले उनीहरुलाई आज बिहान भिमदत्त नगरपालिका भुजेलाबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा वर्ष ४० का पङख्या सुनार, वर्ष ३६ का जया सुनार, वर्ष ४२ का भानसिंह धामी र वर्ष ३३ का लक्ष्मण सिँह रहेका छन् । उनीहरु सबै चाँदनी गाविस वडा नम्बर ७ का बासिन्दा रहेको कञ्चनपुर प्रहरी प्रमुख विश्वनिरञ्जन प्रधानले जानकारी दिए । पक्राउ परेकाहरुको साथबाट ७८ किलोग्राम चरेस बरामद भएको प्रधानले बताए ।

 

पक्राउ गरिएको चरेस भारततर्फ निकासी हुने क्रममा रहेको प्रहरीले अनुमान गरेको छ । ठूलो मात्रामा चरेस भारत निकासीको तयारीमा रहेको खबर प्राप्त भएपछि प्रहरीले निगरानी बढाएको थियो । सुदूरपश्चिमका पहाडी जिल्लाबाट लागु पदार्थ चरेस कैलाली र कञ्चनपुरका सीमा क्षेत्र हुँदै भारत निकासी हुने गरेको छ ।