२६ असोज, काठमाडौँ ।

नेकपा एमालेकी उपाध्यक्ष विद्या भण्डारीले तोकिएको मितिमा नयाँ संबिधान जारी गर्न नसके जनतालाई ठुलो धोका हुने बताएकी छिन् । 

bidya bhandari

 

सुनसरीको खनारमा भएको कार्यकर्ता भेलार्ला सम्बोधन गर्दै नेतृ भण्डारीले बारम्बार मुलुकलाइ नया सविंधान दिने भन्दै देशलाइ वन्धक वनाउन नहुने तर्क गरिन् । कार्यक्रममा वोल्दै नेतृ भण्डारीले जसले जे बहानामा संविधान जारी गर्ने समय विताउन खोज्छ त्यसलाई चिरेर जानु कार्यकर्तालाई आग्रह गरिन् ।

 

संविधान जारी गरेर स्थानीय निकायको चुनाव गराई देशलाई राजनीतिक रुपमा निकास दिनेमा जोड दिदै भण्डारीले जनताले चाहेको नेपालको लोकतान्त्रिक संविधान जारी गरी मुलुकलाई नयाँ संरचनाबाट विकास गर्ने अठोट गर्नुपर्नेमा जोड दिइन् ।