नरेन्द्रजंग पिटर

महान सुरुवात अन्तत्वगत्वा लरखराउन अभिसप्त हुन्छ । हरेक महान यात्रा कहीँ न कहीँ गएर समाप्त हुँन्छन् नैः सन्त आँगस्तिन

नेपाली राजनीतिको सहमतिले निर्देशित गरेको महानयात्रा अहिले के लखरराउन थालेको हो कि गन्तव्य नपुग्दै समाप्त हुँन थालेको हो भन्ने प्रश्न उभिएको छ । अहिले राजनीतिक शक्तिहरुमा बढ्दै गएको असमझदारी र टसलले शुभसंकेत र शुभसन्देश भने दिईरहेको छैन् । होसियार ! प्रतक्ष द्धन्दका हुरी संकेत देखिँदैछन् । त्यसको अगुवाई कसले गर्ला भनेर अहिले किटान गर्न भने सकिँदैन् ।

Narendra Jung Peter 1

काग्रेंस, एमाले र राप्रमा मोर्चा र माओवादीहरु बीचको भिन्नतालाई संसदको जोड्घटाउमा मात्र बुझिन थालियो भने नेपाली समाजका अन्तरद्धन्द र शान्तिको अभ्यास बुभ्mन बबुरो बनिन्छ भने संवाभित द्धन्द नियाल्न पनि सकिँदैन् । त्यसैले समस्याको हल प्राविधिक रुपमा टालटुल गरेर वा संसदिय जोड घटाउमा हुँने भएको भए हिजो जनयुद्ध नै हुँने थिएन् । त्यो किन र कसरी भएको थियो ? त्यसको ल्याण्डिग कसरी भएको थियो ? भन्ने कुरा मथिंगल निखियाई अहिलेको संकेत बुझ्न सकिँदैन् । तर अहिले नेपाली सचेत जनमतलाई आग्रहले हाँक्ने, सत्य र तथ्यसंग साक्षतकार हुँन नदिने दिमागी व्यबस्थापनको खेल पनि त्यतिकै चलेकोले संवाभित सुनामीका संकेत देखिँदा पनि सचेत बन्नु पर्ने र जिम्वेवारी बहन गर्नु पर्ने तप्कालाई कानमा तेल हालेर मस्तनिन्द्रा लाग्न सकेको हो ।

 

शक्ति अन्धो हुन्छ, सामाजिक समस्याले पैदा गर्ने प्रतिकृया बुभ्mन सक्दैन् । हुकुममा समय हाँकिन्छ भन्ने मिथ्या विश्वासमा हुन्छ । संकेतबाट सावधान हुदैँ त्यसको उपचार गर्ने मान्छे, परिणामबाट मात्र चेत्ने पशु हुन्छन् । सहमतिको आधारमा संविधान नबन्ने घोषणा सत्ताधारी दलले गरिसकेपछि संकेतले द्धन्दको तश्विर बन्न थालेको हो । त्यसै अनुसार जनमत तयार गर्ने बौद्धिक कसरतले उग्ररुप लिँदैछ । आस्था र आग्रहलाई उरालिँदैछ । अख्तियारले डामेका खुम बहादुरहरुको चलमल सामान्य भनेर बुझिनु हुँदैन् । अन्धआस्था भनेको दुईधारे तरवार हो मारहान्नेलाई नी चोट पुग्छ मार पर्नेलाई पनि ।

अचम्म छ, राजाका छत्रछाँयामा हुर्केका जर साहवहरु, समाजवादका अगुवा खडकाहरु, धार्मिकअन्धता विरोधी विज्ञानवादी चेत फैलाउने मोदनाथ प्रसिद्धहरु पूर्वपञ्च, काग्रेश र कम्युनिष्टहरुको सांस्कृतिक ग्रन्थी रसाएर लगनगाँठो गासिँएको रसायनको । त्यो कस्सिएको लगनगाँठो भावनामा खेल्दै कुतर्क कोरल्दै सत्तासस्कृतिमा फेरबदल हुँन कसैगरी दिन चाहान्न् । परिवर्तनका एजेण्डाको विभत्सता काढ्ने अभियान चलिसक्यो । जनयुद्ध र जनआन्दोलनले तय गरेका संघात्मक, लोकतान्त्रिक, धर्मनिरपेक्ष, गणतन्त्रका मान्यता र त्यसलाई ब्यबहारिक रुपदिने पहिलो संविधानसभाको पँुजी अपहरण हुँने चलखेल बढ्दो छ । ती नै निम्त्याई रहिएको प्रतक्षद्धन्दका लक्षण हुँन । देखिसक्यो । हामीले भोगीरहेको यो समय, कतै प्रतक्ष द्धन्दको पूर्वसन्ध्या त हैन् ! लप्पन छप्पन, गरेर मनोयुद्धको धरापमा पारेर, वैधानिक घेरा र संसदिय शंख्याको क्यालकुलेटर दवाएर समाजिक समस्याले खोजेको निकास कहाँ पो निस्कन्छ र ! त्यसले निम्त्याउने भनेको प्रतक्ष द्धन्द सिवाय अरु केही पनि हुँदैन् ।

समाज विकासको इतिहास नियाल्दा वर्गबीचमा मौन टकराट त सदा रहन्छ नै, रहेको छ । घस्रन विना कहाँ पो सलाई कोरिन्छ र ! मानव सभ्यता नै वर्गहरुको, सामाजिक समूहहरुको बीचमा मौन टकराट सधैँ भई रहन्छ । कहिले त्यो प्रतक्ष त कहिले परोक्ष हुन्छ । शक्ति समिकरणमा हेरफेर आँउदा रुप भने फेरिन्छन् । नेपाली राजनीतिक कोर्षमा पनि एउटा कोर्षबाट अर्को कोर्षमा पुग्दा सहमतिय राजनीतिको अभ्यास गर्ने र मूलविषयमा एउटा समयावधीसम्म सहयात्राका कबुल भएका हुँन ।

अव भने हिजाका सहमति तोडिने र पुराना शक्तिले आप्mनो गुमेको वर्चस्व कायम गरेको भ्रमित यर्थात पलाए जस्तो छ । वास्तविक नागरिक समाज सुस्त छ र नक्कली अर्थात डलरपोसित नागरिक समाज र विकासे मानव अधिकारवादीको विगविगी हुँदैछ, राजनीतिक पार्टी प्रति या त जनता निराश छन् या आग्रह बढेका छन्, अव यहाँ केही हुँदैन भनेर यूवा जनशक्तिको विदेश ओईरिने क्रमः पनि बड्दो छ, राजनीतिक नेतृत्वको सामाजिक अपिल गर्ने नैतिकपुजी खस्कदो छ, सिद्धान्तको राजनीतिभन्दा सुविधाका राजनीति फस्टाउदा छन्, चुनौतीको खतरासंग खेल्न सक्ने वा जुभ्mेन आँट, जोखिम उठाउन सक्ने केही नेतृत्वमा इक्षाशक्तिको कमी देखिँदैछ । यो अवस्था भनेको कुनै पनि देशकोलागी अन्योलपूर्ण क्षण हो । आमूल परिवर्तनको राप र तापको ओज कम भएको यस्तावेला प्रतिगामी शक्तिको हौसला बढ्छ, द्धन्द उध्यमीको जिब्राबाट ह्राल बढ्दै द्धन्द कारखाना फस्टाउने सपना देख्न थाल्छन् । सहमतीय अभ्यासकर्ता पार्टीमा असहमति बढेपछि या त मौन टकराहट प्रतक्ष द्धन्दमा फेरिन्छ, या त कुनै आवेग भरिएर तानाशाही व्यबस्थाको उदय हुन्छ ।

जनयुद्ध र जनआन्दोलनले उठाएका नारा र बढेको समाजको महत्वकाक्षाको सकरात्मक ब्यबस्था हुँन सकेन भने प्रतक्ष द्धन्द त बढ्ने नै भै हाल्यो । तर, त्यसको भावना र सोचको नेतृत्व कस्ले गर्ला अहिल्यै भन्न भने सकिँदैन् । हाम्रो जस्तो भूसंवेदनशील मूलुकमा विदेशीशक्तिहरुको अहिलेसम्म त पर्दाभित्रको नांगो सक्रियता छ, आप्mना दलाल मार्फत उनीहरु काम फत्ते गर्छन् । सवभन्दा ठूला दलालनै राजनीतिक नेतृत्वमा पैदा गर्छन्, भएन भने त्यस्ता शक्ति जन्माउँछन् पनि । त्यो विदेशी सक्रियता फेरीएर प्रतक्ष भूमिकामा नपुग्ला भन्न पनि सकिँदैन् । तर ध्यान दिन पर्ने कुरा के छ भने ‘नेपालको राजनीतिक स्थायित्व उदयमान माहाशक्ति चीन र भारतलाई त्यतिकै आवस्यकता छ, जति शान्ति र प्रगति चाहाँने नेपालीलाई छ ।’

 

अहिलेको यस भयावह अवस्थाको मुख्य कारणमा दुईथरी सोचको, दृष्टिकोणको, मान्यताको अन्तरविरोधनै मूलचुरो हो । एउटा चिन्तन ०४७ को मान्यता ओरीपरी रिँगिरहेको छ, पुरानै संसदिय ढर्रामै छ अर्कोपक्ष माओवादी,मधेशवादी र जनजातिहरु त्यसता यथास्थितिका सोचले द्धन्दको निकास निस्कदैन् भनेर सक्रिय छन् । ०६३ पछाडिको नेपाली राजनीतिक अभ्यास भनेको विपरित सोच, मान्यता, दर्शन, चिन्तन र अभ्यास बीचमा पनि सहमतिय राजनीति गर्न सकिन्छ, दुवै पक्षका मान्यता भन्दा पनि मध्यधार विकास गर्न सकिन्छ भनेर भएका अभ्यास हुँन । जनयुद्ध, जनआन्दोलन, मधेश विद्रोह, जनजातीका असंन्तोषको सहमतिय यात्राको मर्म पनि त्यही थियो । त्यसैले प्रतक्ष द्धन्द रोक्नको लागी फेरी पनि सहमति खोज्नै पर्ने हुन्छ । यसको विकल्प त छैन् केही सिप नलागे त देश मुठभेडमै जान्छ । मुठभेडबाट हुँने फैसलाले राजनीतिक शक्तिको सिमित समयको लागी एकल वर्चस्व त त कायम होला तर सामाजिक द्धन्दलाई शक्तिले गरिएका समाधानमा भने टिक्ने छैनन्, आन्तरिक भयावह द्धन्द बढेर कालान्तरमा त्यसले विदेशी शक्तिलाई चलखेल गर्ने अवसर बाहेक अरुथोक दिँदैन ।

 

अन्तमाः राजनीतिक नेतृत्वको सामने संविधानलाई अंकगणितिय खेलबाट हैन् राजनीतिक सहमतिलेनै प्रतक्ष द्धन्द रोक्ने चिन्तन विकास भएन भने दुर्घटनाबाट बच्न सक्दैन् । तर सत्त्तामानिसिकता भनेको शख्यात्मक जोड घटाउले दिने निस्कर्ष उन्मुख हुँनु, त्यसैलाई हल्ला फैलाउनु र त्यस्तै जनमत निमार्ण गर्दै जानु भनेको यो विभत्स समय घोप्टेभिरमा उभिएको संकेत र सन्देश हो ।