३० असोज, काठमाडौं ।

एकीकृत नेकपा माओवादीका महासचिव कृष्णबहादुर महराले संसदमा पहिचानको मुद्दा उठाउदा सुनुवाई नभएपछि सडक सर्घषमा जानु परेको बताएका छन् ।

पहिचान सहमतिको मुद्दा सम्बोधन गर्न कांग्रेस एमालेले अस्वीकार गरेकाले पहिचानलाई संस्थागत गर्ने र प्रक्रियाको सट्टा सहमतिमा ल्याउन आन्दोलन घोषणा गरेको बताएका हुन् ।

krishna bahadur mahara

२२ दलीइ मोर्चाले आन्दोलनको कार्यक्रम घोषणा गरेपनि पछिल्ला केही दिनमा सहमतिको वातावरण बन्दै गएको बताउँदै उनले संविधानका विवादित विषयमा सहमति जुटाउनको लागि आन्दोलन घोषणा गरिएको दावी गरे । ‘प्रक्रियाबाट होइन, सहमतिबाट संविधान बनाउनु पर्छ’ महासचिव महराले भने,सहमति विना संविधान जारी हुन सक्दैन ।’

पहिचान पक्षधर २२ दलीय मोर्चाले शुक्रवार राजधानीमा आयोजना गर्न लागेको विरोध सभाको विषयमा जानकारी दिन पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा महासचिव महराले सहमतिको बाटो छोडेर बहुमतको आडमा जारी हुने संविधान आफूहरुलाई स्वीकार्य नुहने बताए ।

शुक्रबार खुल्लामञ्चमा आयोजना हुने विरोधसभा अघि २२ दलिय मोर्चाले भृकुटिमण्डप,त्रिपुरेश्वर,बसन्तपुर र जमलबाट विरोध र्‍यालीको आयोजना गर्ने जनाएको छ । यअसघि मोर्चाले काठमाडौ,दाङ र इटहरीमा विरोध सभा सम्पन्न गरिसकेको छ ।

विरोध सभालाई २२ दलीय मोर्चाले शक्ति प्रर्शनको संज्ञा दिएको छ ।