३१ असोज, काठमाडौँ ।

baburam-prachanda

२२ दलिय मोर्चाले शुक्रबार काठमाडौंमा गर्न लागेको शक्ति प्रदर्शनमा एकीकृत नेकपा माओवादीको संस्थापन र असन्तुष्ट पक्षले छुट्टा छुट्टै जुलुस निकाल्ने तयारी गरेको छ ।

 

एमाओवादीको काठमाडौंमा समानान्तर जिल्ला संगठन समिति रहेकाले दुवै पक्षले अलग अलग जुलुस निकाल्ने तयारी गरेको हो ।

 

भट्टराई पक्षले आफ्नो पहिचान देखाउन नपाए कार्यक्रमनै बहिस्कार चेतावनी दिएपछि पार्टीको माथिल्लो तहले दुवै पक्षलाई अलग अलग जुलुस निकाल्न अनुमति दिएको स्रोतले बतायो ।

 

‘उहाँहरु (भट्टराई पक्ष) ले आफ्नो छुट्टै जिल्ला संगठन रहेको जिकिर गरेपछि अलग जुलुस निकाल्ने अनुमति दिएका हौं,’ नेवाः राज्य संयोजन समितिका एक नेताले भने ।

 

माथिल्ले नेतृत्वको अनुमति पछि दाहाल पक्षले भृकुटीमण्डपभित्रबाट र भट्टराई पक्षले नजिकै रहेको विश्वभाषा क्याम्पसबाट जुलुस निकाल्ने तयारी गरेको छ खबर राजधानी दैनिक ले छापेको छ ।