३१ असोज, काठमाडौँ ।

सरकारले एकिकृत नेकपा माओवादीको सिफारिसमा ४ जना सभासद मनोनयन गरेको छ ।

 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सिंहदरवारमा बिहीबार बसेको मन्त्रीपरिषद बैठकले राममाया बोगटी, जनकराज जोशी, श्याम श्रेष्ठ र जनकबहादुर बुढालाई सभासदमा मनोनयन गरेको हो ।

 

राममाया एकीकृत माओवादीका एक महिनाअघि निधन भएका उपाध्यक्ष पोष्टबहादुर बोगटीकी श्रीमती हुन् । यस्तै जोशी अवकाश प्राप्त सचिव हुन् भने श्रेष्ठ वाम विश्लषकका रुपमा परिचित छन् । एकिकृत माओवादीको सिफारिसमा सभासद मनोनित भएका बुढा भने एकीकृत माओवादीको बझाङ जिल्ला अध्यक्ष हुन् ।

 

सरकारले मनोनित गर्ने २६ सभासद् मध्ये एकीकृत माओवादीको भागमा परेका मध्य बिहीबार चार जना सभासद् मनोनित गरिएको हो । अझै ५ जना सभासद् मनोनय हुन बाँकी रहेको छ ।