१ कात्तिक, म्याग्दी ।

 

बढ्दो तापक्रम र मानवीय गतिविधिका कारण म्याग्दीका हिमाली भेगका कस्तुरी मृग आफ्नो वासस्थान छोडेर अन्यत्र जान थालेका छन् ।  

kasturi

 

धौलागिरि हिमालको फेदीमा अवस्थित मुदी, लुलाङ, गुर्जा, कुइमेमङ्गले, दाना र मुना गाविसका जङ्गलमा प्रशस्तमात्रामा कस्तुरी मृगहरुको वासस्थान रहने गरेको थियो । जलवायु परिवर्तनका कारण हिमाली भेगमा तापक्रम बढ्दै जादाँ अनुकूल वातावरण र वासस्थान तथा आहारको अभाव हुन थालेपछि मृगहरूले वासस्थान छोडेर जान थालेको जिल्ला वन कार्यालयका रेन्जर चन्द्रमणि सापकोटाले बताए । विश्वमै दुर्लभ मानिने ती मृगहरू म्याग्दीबाट ढोरपाटन शिकार आरक्ष, डोल्पा, रुकुम र मुस्ताङका जङ्गलमा बसाइँ सर्न थालेको स्थानीयवासी बताउँछन् ।

 

रेन्जर सापकोटाका अनुसार दुई वर्षअघि मानवबस्ती नजिकै आउने वन्यजन्तुहरू अहिले देख्न हिमाली क्षेत्रमा पुग्नुपर्ने भएको छ । अनुकूल वातावरणको अभावमा उचित वासस्थान र आहारको अभाव भएपछि वन्यजन्तुहरूको प्रजनन प्रक्रियामा समेत समस्या देखिने भएकाले उच्च पहाडी क्षेत्रका वन्यजन्तुहरूको अस्तित्व सङ्कटमा परेको सापकोटाले बताए । रासस