१ कार्तिक, भक्तपुर ।

उद्योग मन्त्री महेश बस्नेतले आफनै पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पाँच बुँदे सहमतिमा गरेको हस्ताक्षरप्रति आपत्ति व्यक्त गरेका छन् ।

Mahesh Basnet

केही दिनअघि तीन दलबीच भएको सहमति बेठिक भएको बताउँदै मन्त्री वस्नेतले द्धन्द्धकालमा माओवादीबाट सहिद भएकालाई दुई लाख दिने र माओवादी जनसरकारमा हुँदा जनताबाट कब्जा गरेका घरजग्गा पास गर्ने सहमति गलत भएको बताएका हुन् ।

 

उनले माओवादीका सहिद परिवारलाई दिने जनही दुई लाखले राज्यको दुई अर्ब ८० करोड खर्च हुने उल्लेख गर्दै मन्त्री बस्नेतले त्यो रकम उद्योग मन्त्रालयलाई दिने हो भने ५० हजार युवालाई तालिम दिएर प्रत्यक्ष रुपमा रोजगारी दिने बताए ।

नेपाल बुद्धिजीवी परिषद् भक्तपुरले आज थिमिमा आयोजना गरेको कार्यक्रममा उनले सरकारको नेतृत्व गरिरहेको कांग्रेसलाई सरकारको उन्माद एवंम उत्तेजना नदेखाउन चेतावनी दिए ।

लोकतन्त्र संस्थागत गर्न अझै १० बर्ष दुई पार्टीबीच सहकार्य आवश्यक रहेको बताउँदै उनले देशमा लोकतन्त्र संस्थागत गर्न, आथिर्क तथा सामाजिक विकास गर्न कांग्रेस एमालेको सहकार्य आवश्यक रहेकोमा जोड दिए ।