२ कात्तिक,एजेन्सी ।

हङकङमा पूर्ण स्वतन्त्रताको माग गर्दै आन्दोलनले उग्र रुप लिएको छ ।

hong-kong-protests

पछिल्लो  तीन हप्तायता जारी प्रदर्शन गत चार दिनदेखि बढी हिंसात्मक भई झडप बढ्दै गएको छ । आज हङकङको उत्तरी जिल्ला मोङगकोकमा प्रदर्शनकारी र प्रहरीबीच आइतबार भएको झडपमा कम्तीमा २० जना घाइते भएका छन् । सरकारले आगामी मङगलबार आन्दोलनकारी विद्यार्थीसँग वार्ता गर्ने भएको जनाइएको छ । हङकङका नेता लियुङ चुङ यिङले आगामी मङगलबार आन्दोलनकारी विद्यार्थीसँग वार्ता गर्ने घोषणा गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

 

मानवअधिकारवादीका अनुसार घाइतेमध्ये १० भन्दा बढीको हात, खुट्टा र टाउकोमा चोट लागेको छ ।