२ कार्तिक, काभ्रे ।

रक्सी खाएर श्रीमतीसँग झगडा गर्ने श्रीमानलाई श्रीमतीले छतबाट खसालिदिएपछि मुन्यु भएको छ । सधै रक्सी खाएर श्रीमतीसँग झगडा गर्ने क्रममा धुलिखेल नगरपालिका–९ खडपु डेरा गरी बस्ने काठमाडौँ डिल्ली बजार घर भएका ४० बर्षीय मिपिस सिन्धुकारको घरको मृत्यु भएको हो ।

drunk falling
मादक पदार्थ सेवन गरेका निजले शनिवार बेलुकी श्रीमतीसँग विवाद गरी झगडा गर्दा दुई तले घरको छतबाट अचानक खस्दा गम्भीर घाइते भएकोले उपचारको लागि धुलिखेल अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको भएको प्रहरीले जनाएको छ ।

घटनामा उनकी श्रीमती समेत घाइते भएकोले उपचारको लागि धुलिखेल अस्पतालमा भर्ना गरिएको र उनको अवस्था सामान्य प्रहरीको भनाई छ ।