६ कार्तिक, काठमाडौं ।

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लेनेपाल सम्वत् ११३५ को शुभारम्भको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति र सम्बृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ ।

prachanda- laughing on-stage

आज एक विज्ञप्ती जारी गर्दै उनले देश नयाँ संविधान निर्माणको तयारीमा रहेको बेला मनाउन लागिएको यो नयाँ नेपाल सम्वत्ले नयाँ युगमा प्रवेश गर्ने ढोका खोल्नेछ भन्ने विश्वास गरेका छन् ।

 

जनस्तरबाट सुरु गरिएको नेपालको यो सम्वत् नेपालको मौलिक सम्वत् भएको बताउँदै प्रचण्डले नेपालको संस्कृति, सहिष्णुता तथा भाइचारा सम्बन्धको प्रतिक भएको बताउँदै राष्ट्रिय विभूति शङ्खधर साख्वाःले ११३५ वर्षअधि समाजसेवामार्फत् सुरु गर्नुभएको यो सम्वत्लाई नेपालको मौलिक सम्वत्का रुपमा स्थापित गर्नका लागि पनि जनस्तरबाटै भूमिका खेलिएको बताएका छन् ।

आगामी संविधान निर्माणको प्रक्रियामा जनपक्षीय र परिवर्तनकामी संविधान निर्माणका लागि आ–आफ्नो ठाउँबाट विशेष पहल गर्न प्रेरणा मिलोस् भन्ने शुभकामना पनि व्यक्त गर्दछु प्रचण्डद्धारा जारी विज्ञप्तीमा भनिएको छ