१२ कात्तिक, रौतहट  ।

 

रौतहटमा जलेको अवस्थामा एक महिलाको शव फेला परेको छ ।

 

जिल्लाको लक्ष्मीनिया गाविस–२ फतुवा हर्साहा जाने बाटोको बाँसघारीमा एक महिलाको शव जलेर क्षतविक्षत अवस्थामा भेटिएकोे इलाका प्रहरी कार्यालय लक्ष्मीनियाका प्रहरी सहायक निरीक्षक तुलसी पौडेलले बताए । आज बिहान भैँसी चराउन गएका गाउँलेले शवलाई देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

 

टाउकोदेखि घुँडासम्म ठाउँठाउँमा जलेको, देब्रे हात र देब्रे खुट्टा पूरै जलेको तथा अर्धनग्न अवस्थामा अन्दाजी २५÷३० वर्षकी महिलाको शव भेटिएको प्रहरी सहायक निरीक्षक पौडेलले बताए । शवको प्रकृति हेर्दा अन्यत्र जलाएर यहाँ ल्याई फालिएको तथा शव नजिकै एकजोडी चप्पल र मास्क भेटिएको प्रहरीले जनाएको छ । शवलाई परीक्षणका लागि जिल्ला अस्पताल गौरमा पठाइएको रौतहट प्रहरीले जनाएको छ ।